नियम २३
संयुक्त शेयरहोल्डरहरू
कुनै शेयरको सम्बन्धमा संयुक्त शेयरहोल्डरहरू भएमा ती मध्ये कुनै एक जनाले साधारण सभामा सो शेयर उपर आफ्नो एकलौटी हक भए सरह सो शेयर वापत मत दिन पाउँछ । सभामा त्यस्तो संयुक्त शेयरहोल्डरहरू एकभन्दा बढी उपस्थित भएमा सो शेयरको रजिष्टर किताबमा तिनीहरूमध्ये जसको नाम अगाडि परेकोछ र निजको नाम मात्र कर्पोरेशनको शेयरहोल्डरमा दरिएको मानिनेछ र निजले मात्र सो शेयर वापत मत
दिन पाउनेछ ।